२०७८ श्रावण १० , आइतवार

सुन प्रतितोला ५ सय रुपियाँले बढ्यो

gold silver

सुनाखरी न्युज/ काठमाडौं – बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपियाँ र चाँदी प्रतिको मूल्य प्रतितोला १ हजार ३ सय २० रुपियाँ निर्धारण गरिएको छ ।

 

हिजो भने छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९२ हजार २ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपियाँमा कारोबार भएको थियो ।