२०७८ श्रावण १९ , मंगलबार

निर्वाचन आयोगद्वारा निर्वाचन कार्यतालिका रद्द

Election_Commission

सुनाखरी न्युज/ काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन कार्यतालिका रद्द गरेको छ ।

 

‘सम्मानित सर्वोच्च अदालतबाट मिति २०७८/३/२८ मा भएको आदेश बमोजिम मिति २०७८/७/२६ गते शुक्रबारका दिन पहिलो चरणमा र मिति २०७८/८/३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट मिति २०७८/३/२१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय गरेको छ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको परामादेश बमोजिम देउवा प्रधानमन्त्री नियुक्त भइसक्नुभएको छ ।