२०७८ श्रावण १० , आइतवार

सिडियो सहित सुरक्षा निकायका प्रमुखहरुको सयुक्त टोलिद्वारा सिमा क्षेत्र अनुगमन

Capture

नन्दु यादव/ पश्चिम नवलपरासी – पश्चिम नवलपरासी जिल्लाको सिमा सग जोडिएको महेशपुर नाकामा आज प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखको सयुक्तटोलिले अनुगम गरेको छ ।

पश्चिम नवलपरासी जिल्लाको सिमा नाकाबाट मानिसहरुले अबैध बाटो प्रयोग गरि नेपाल र भारतमा आवजावत गरिरहेकाले आज महेशपुर नाकामा अनुगमन गरि अबैध बाटोबाट आउने मानिसहरुलाई सम्झाईबुझाई फिर्ता गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो । सिमा नाका बन्द रहेकोले मानिसहरुले अबैध बाटो प्रयोग गरिरहेकाले सम्झाई बुझाई फिर्ता पठाउने गरिएको बताईएकोछ ।कोरोना ले मानिसहरुको दिनचर्या मा असहजता भएकाले सहजताका लागि जिल्लामा केही खुकुलो गरेर निषेधाज्ञा जारि गरिएको छ ।

 

अनुगमनमा प्रमुख जिल्ला अधिकारी मिश्रलेआमनागरिकहरुलाई अनावश्यक रुपमा घरबाहिर ननिस्कने ,साबुनपानीले समयसमयमा हात धुने ,सेनिटाईजरको प्रयोग गर्ने ,माक्स प्रयोग गर्ने ,सामाजिक कायम दुरि गरिने लगायतका सल्हाह सुझाव दिनु भएको थियो।यसै गरि अन्य क्षेत्रमा पनि अनुगमन गर्ने वहाले बताउनु भयो । अनुगमनमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी का प्रमुख मनोज कुमार यादव ,सशस्त्र प्रहरी बल २६नम्बर गणका गणपति महेश अधिकारी लगायतको सहभागिता रहेको थियो ।यसै गरि कोभिड१९ रोकथाम तथा नियन्त्रण जिल्ला समितिको आज बसेको बैठकले साउन १५गते राति १२बजे सम्म निशेधआज्ञा जारि गरेको छ ।