२०७८ श्रावण १० , आइतवार

ललिता निवास प्रकरण : घरौटी बुझाएर छुटे गच्छदार

1615346807_Bijaya-Kumar-Gachhadar

सुनाखरी न्युज/ काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्री विजयकुमार गच्छदारसँग विशेष अदालतले १० लाख रुपैयाँ बराबरको नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी माग गरेको छ ।

 

२०५९ को ऐनको दफा ७ (घ) बमोजिम हाललाई गच्छदारसँग सो धरौटी माग गरिएको हो । गच्छदारले सो धरौटी रकम बुझाए तारेखमा राख्ने र नबुझाए नियमअनुसार कैद गर्न विशेष अदालतले भनेको थियो । गच्छदारले धरौटी बापतको १० लाख रुपैयाँ नगद बुझाएर छुटेका छन् । अदालतबाट बाहिरिने क्रममा गच्छदारले आफूविरुद्ध पूर्वाग्रही ढंगले मुद्दा दायर गरिएको प्रतिक्रिया दिएका थिए । ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा कैफियत देखिएका पूर्वमन्त्री गच्छदार आज विशेष अदालतमा हाजिर भएका थिए । विशेष अदालतको फरार सूचीमा रहेका गच्छदार बुधबार बिहानै विशेष अदालतमा हाजिर भएर बयान दिएका हुन् ।

 

गतवर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । त्यसमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारको नामसमेत उल्लेख थियो । गच्छदारविरुद्ध विशेष अदालतले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।