२०७८ श्रावण ११ , सोमवार

नारा जुलुससहित बालुवाटारबाट बाहिरिए ओली

kp

सुनाखरी न्युज/ काठमाडौँ – निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सरकारी निवास बालुवाटारबाट बाहिरिनुभएको छ ।

 

प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार नियुक्त हुनुभएको थियो । देउवा प्रधानमन्त्री भएसँगै ओली ४० महिनापछि बालुवाटारबाट बाहिरिनु भएको हो । सोमबार सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । देउवा संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा मंगलबार नियुक्त हुनुभएको थियो ।

 

उनी बालुवाटारबाट निस्कँदा गेटदेखि नै नारा-जुलुस गरिएको थियो।‘अघि बढ ओली बा, प्राण दिन तयार छौं, केपी ओली हाई हाई’ लगायत नारा लगाइएको छ। ओलीको कार्गेटलाई युथ फोर्सका कार्यकर्ताले मोटरसाइकल र गाडीले स्कर्टिङ गरेका छन्। हर्न बजाएर सवारी चलाउँदै उनीहरूले नाराबाजी गरिरहेका छन्।