२०७८ श्रावण १० , आइतवार

राप्रपा लाई पछाडि फर्कने सुविधा छैन : पाठक

janak

जनकराज पाठक – गत निर्वाचन पछि नेपाली राजनीतिमा सवै भन्दा ठुलो दलको रुपमा आएको एमाले अनि झन्डै दुइतिहाइ मतको नेतृत्व गरेर वनेका प्रधानमन्त्री ओली युगको पाच वर्ष नसकिदै आफ्नै कारण अन्त्य भइ देउवा युगको सुरु भएको छ।

 

तुलनात्मक रुपमा यि दुइमा तात्विक भिन्नता छैन। भ्रष्टाचार लाइ संस्थागत गर्ने,हावामा महल खडा गर्ने,आफ्ना विरोधिहरुको व्यक्तिगत तेजोवध गर्ने,आफु वाहेक अरु सवै गलत देख्ने आत्मकेन्द्रित राजनीति गर्नु ओलीका विषेशता थिय। ओली लोकतन्त्रको छाता ओढेर फुच्चे जंगवाहादुरको रुपमा उदाउन खोजेका अलोकतान्त्रिक पात्र थिय। उनले प्रशासन,अदालत,अख्तियार,प्रेस सवैलाइ नियन्त्रणमा राख्ने प्रयास नगरेका हैनन कतिमा सफल भय कतिमा असफल। ओली हुदा मासियका र भत्कियका प्रजातन्त्रका आधारभुत संरचनाहरु देउवा हुदा लिगमा आउने कुनै त्यसतो संभावना छैन। दुवै देश र जनता भन्दा गुटको राजनीतिमा माहिर खेलाडी हुन।

 

अहिले सम्म चार पटक प्रधानमन्त्री वनिसकेका देउवाले गरेको काम र लामो समय ओलीलीले गरेको कामको वर्णन गर्न लायक र योग्य विषय खासै छैन।२०५१ देखि २०५६ को अवधिमा सवै भन्दा वढि प्रजातान्त्रिक प्रकृयामा निर्लज्ज प्रहार गर्दै सत्ताको लागि घृणित कार्य गर्ने देउवा नै हुन। नेपाली राजनीतिमा सांसद खरिदबिक्री र सुरा-सुन्दरी को प्रचलन देउवा कार्यकालमा भित्रियका हुन। जतिवेला अपांग लाइ वैसाकि को सुविधा थियन,त्यतिवेला देउवाले सत्ता टिकाउन सासंद हरुलाइ पजेरो सुविधा दियका थिय।देश भित्र मात्र हैन विदेशमा समेत सांसद लुकायर उनि चर्चामा अायका पात्र हुन।सत्ता टिकाउन इतिहासमै सवैभन्दा वढि मन्त्री वनायर सरकारि सम्पत्तिको दोहन गर्ने देउवा चर्चित पात्र हुन।

 

विषेशत नेपाली राजनीतिमा मध्यमार्गी धारको रुपमा उदायको राप्रपा त्यहि कालखण्डमा ध्वस्त भयको थियो।राप्रपा यति प्रयोग भयो कि झन्डा हल्लाउँदै कहिले एकातिर त कहिले अर्को तिर। केहि दलहरुको हालत चाडै नै त्यहि हुने वाला छ। तसर्थ उ ठिक थियो भनेर मृत्यु सोकमा डुव्नु वा यो ठिक भनेर तालि वजाउनु भन्दा नि,राप्रपा लाइ राजसंस्था सहितको हिन्दुराष्ट्र ठिक हो।यो सवाल लाइ साथ दिने राप्रपाको सवै राजनीतिक मित्र नदिने राजनीतिक सत्रु। वर्तमान सन्दर्भमा राजसंस्था सहितको प्रजातन्त्र र हिन्दुराष्ट्र को पक्षमा देशव्यापी अान्दोलन र कार्तिकको माहाधिवेशन हाम्रो प्रथामिकता हो। सरकार लाइ हेर्ने दृष्टिकोणमा एकरुपता साथ अगाडि वढनु पर्छ। राप्रपा लाइ पछाडि फर्कने सुविधा छैन।