२०७८ श्रावण १० , आइतवार

आज सुन तोलामा ३०० सयले बढ्यो

gold silver

सुनाखरी न्युज/ काठमाडौँ – बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलाको ३०० रुपैयाँले बढेको हो । महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ, तेजावी ९२ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३१५ रुपैयाँ कायम गरिएको छ ।

 

मंगलबार छापावाला सुन तोलाको ९२ हजार ४०० रुपैयाँ, तेजावी ९१ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको मूल्य बढेपनि चाँदी प्रतितोला ५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।