२०७८ श्रावण २१ , बिहिवार

नेपाल आयल निगममा रोजगारीको अवसर

NOC

सुनाखरी न्युज/ काठमाडौँ – नेपाल आयल निगमले १७ जना कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ४ तहदेखि ६ तहसम्मका लागि सो संख्यामा कर्मचारी माग गरेको हो । निगमले खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरि विभिन्न तहमा १७ कर्मचारी कर्मचारी माग गरेको हो ।

 

निगमले तह ६ मा अन्तर्गत ७ जना सहायक प्रबन्धक माग गरेको छ । तह ५ मा अन्र्तगत ३ जना बरिष्ठ सहायक र तह ४ अन्र्तगत एक जना मेकानिकल मिस्त्री माग गरेको छ । निगमले तह बिहिनमा १ जना टेक्निसियन र १ जना बाउजर अपरेटर माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका आवेदकहरुलाई सूचना प्रकाशन भएको २१ दिन भित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिनको अवधिमा आवेदन दिन सकिने जनाएको छ । अनलाइन मार्फत आवेदन दिन सकिने निगमले जनाएको छ ।