२०७८ श्रावण १० , आइतवार

सैनिक जवानले आफैलाई हाने गोली

gun

सुनाखरी न्युज/  महोत्तरी – महोत्तरीमा एक सैनिक जवानले आफैलाई गोली प्रहार गर्दा ज्यान गएको छ । जलेश्वर नगरपालिका–९ स्थित रणभिम गण पर्कौली ब्यारेकमा कार्यरत्त सैनिक जवान २३ वर्षीय अमिर तामाङले आफैलाई गोली प्रहार गरेका हुन् ।

 

तामाङले ५.५ मिनि इन्सास हतियारबाट आफ्नै दाँया कञ्चटमा गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । रामेछाप लिखु गाउँपालिका–५ घर भएका तामाङ हाल आफ्ना बुवासँगै महोत्तरीमा बस्दै आएका थिए । उनका बुवा सोमबहादुर तामाङ पनि सैनिक नै रहेको प्रहरीले जानाएको छ । अमिरले बुधबार बिहान पौने ६ बजे आफैंलाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मृतक अमिरका बुवा सोमबबहादुर सोही गणमा पेरीमिटर पोष्टमा डिउटीमा रहेका बेला तामाङले आफैलाई गोली हानेको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी टोली घटनास्थल पुगेको छ । तामाङले आत्महत्या गर्नुको कारण खुलेको छैन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।