२०७८ श्रावण ११ , सोमवार

देउवाको शपथमा ओली नजाने

6

सुनाखरी न्युज/ काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली शेरबहादुर देउवाको शपथ ग्रहणमा नजाने भएका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यका अनुसार ओली देउवाको शपथमा जाने छैनन् । उनी अहिले शीतलनिवास गएका छैनन् ।

 

“प्रतिपक्ष दलको नेता उपस्थित हुनुपर्ने धेरै ठाउँमा देउवा उपस्थित हुनुभएन,” ओलीको सचिवालयका एक सदस्यले भने, “शीतलनिवास किन जानुपर्‍यो ? यो सरकार स्वभाविक जनादेशबाट आएको सरकार होइन, परमादेश दिने र रिट निवेदक पुगे भइहाल्छ ।” शपथ कार्यक्रम हुने समारोहमा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, बाबुराम भट्टराई, खिलराज रेग्मीलगायत उपस्थित छन्।