२०७८ श्रावण १३ , बुधवार

अर्थमन्त्री पौडेलद्वारा धन्यवाद व्यक्त

IMG_8369

सुनाखरी न्युज/ काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिनु भएको छ ।

 

अर्थ मन्त्रालय, गृह मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित छुट्टा-छुट्टै बिदाई कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले जिम्मेवारीमा रहँदा सबैको साथ र सहयोगमा मुलुक र जनताका पक्षमा कैयौं दुरगामी काम गर्न सकेको बताउनुभयो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले आफूलाई जस्तै अब आउनुहुने मन्त्रीहरुलाई पनि साथ र सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गर्नु भएको थियो ।