२०७८ श्रावण १० , आइतवार

सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्री बन्‍ने सौभाग्य पाएका कांग्रेस सभापति देउवा पाँचौं पटक प्रधानमन्त्री बन्दै

deauba

सुनाखरी न्युज/ काठमाडौँ – सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्री बन्‍ने सौभाग्य पाएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुने भएका छन् ।

 

अदालतले २८ घन्टा भित्र प्रधानमन्त्री नियुक्त गर्नु भन्‍ने आदेश दिएपछि राष्ट्रपति कार्यालयले देउवालाई सपथको लागि बोलाएको शीतलनिवास स्रोतले बताएको छ । सोमबार सर्वोच्च अदालतले राष्ट्रपतिको कार्यालयका नाममा परमादेश दिँदै २९ असार साँझ ५ बजेसम्ममा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको छ । सर्वोच्चको यो आदेश अनुसार, राष्ट्रपतिको कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको हो ।

 

देउवा पाँचौं पटक प्रधानमन्त्री बन्न लागेका हुन् । उनले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । त्यसका लागि आन्तरिक परामर्शमा र छलफललाई तीव्र बताएका छन् । सोमबार देउवाले केपी शर्मा ओलीविरुद्ध गठबन्धन निर्माण गरेका सबै दलसँग परामर्श गरेका थिए ।

 

शेरबहादुर देउवाको राजनीतिक जीवन

देउवा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका थिए । खासगरी वि. सं. २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रूपमा सक्रिय उनी नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् । वि. सं. २०२८ मा उनी नेपाल विद्यार्थी संघको सभापतीमा चुनिएका थिए ।

 

वि. सं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुरा जिल्लाबाट निर्वाचित उनी वि. सं २०६४ र वि. सं २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर जिल्ला र कैलाली जिल्लाबाट समेत विजयी भएका थिए ।