२०७८ श्रावण १९ , मंगलबार

तोलामा २ सय रूपैयाँले बढ्यो सुनको मूल्य

gold silver

सुनाखरी न्युज/ काठमाडौँ – सुनको मूल्य मंगलबार प्रतितोला ९२ हजार ४ सय रूपैयाँ पुगेको छ। केही दिनयताको क्रमिक वृद्धि जारी रहँदै सोमबारभन्दा तोलामा २ सय रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

यसअघि आइतबारका तुलनामा २ सय रुपैयाँ घट्दा सोमबार कारोबार मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ निर्धारण भएको थियो।मंगलबार चाँदीमा सामान्य वृद्धि छ। १० रुपैयाँ बढ्दा चाँदी प्रतितोला १३ सय २० रुपैयाँ भएको छ। यसअघि आइतबारका तुलनामा सोमबार तोलामा ५ रुपैयाँ घटेको थियो।

 

सुन आयात सहज हुन थाले पनि कारोबार मूल्य नघट्नुमा अन्तर्राष्ट्रिय बजारमा भइरहेको दर निर्धारणको प्रभाव कारक रहेको व्यवसायीले बताएका छन्। अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १८०९.६८ डलर र चाँदी प्रतिऔंस २६ .२३ डलरमा कारोबार भएको छ।