२०७८ श्रावण २१ , बिहिवार

एमालेको स्थायी कमिटीको बैठक स्थगित

5

सुनाखरी न्युज/ काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित गरिएको छ ।

दिउसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरि बोलाइएको बैठक आजै २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएपछि स्थगित गरिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले खरीबोटलाई जानकारी दिएका छन् ।

 

तामाङले सम्बोधनको तयारी गर्नुपर्ने भएकोले आजको बैठक स्थगित गरिएको बताउदै अर्को बैठक भोलि नै बस्ने सक्ने बताए ।