२०७८ श्रावण २१ , बिहिवार

नेपाली कांग्रेसद्वारा बिपत ब्यबस्थापन समन्वय समिति गठन

congress 1

सुनाखरी न्युज/ काठमाडौं – देशका विभिन्न भागमा गएको विनाशकारी बाढी पहिरोका कारणले पु¥याएको जनधनको ठूलो क्षतिको तथ्याङ्क संकलन तथा बाढी पहिरो पीडितहरुलाई राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७८ असार ४ गतेको बैठकको निर्णयानुसार पार्टीका केन्द्रीय सदस्य, खेलकूद विभागका प्रमुख एवं पूर्व मन्त्री मोहनबहादुर बस्नेतको संयोजकत्वमा गठित “बाढी पहिरो विपत व्यवस्थापन समन्वय समिति” मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देहायका पदमा आज मनोनयन गर्नु भएको छ ।

१. सहसंयोजक — श्री दिव्यमणि राजभण्डारी, सदस्य–प्रतिनिधि सभा
२. सचिव — श्री किरण गिरी, केन्द्रीय सदस्य—नेपाली कांग्रेस
३. कोषाध्यक्ष — श्री कल्पना चौधरी, केन्द्रीय सदस्य—नेपाली कांग्रेस
४. सदस्य — श्री भूमिबहादुर (विश्व) गुरुङ, आमन्त्रित केन्द्रीय सदस्य— नेपाली कांग्रेस
५. सदस्य — श्री रामबहादुर विष्ट, प्रतिनिधि सभा सदस्य
६. सदस्य — श्री बहादुर सिंह थापा, पूर्व सांसद एवं पूर्व जिल्ला सभापति, नेपाली कांग्रेस–कञ्चनपुर
७. सदस्य — श्री राजीवबिक्रम शाह, संविधान सभा सदस्य, जाजरकोट
८. सदस्य — श्री तीर्थबहादुर लामा, संविधान सभा सदस्य—काभ्रे
९. सदस्य — श्री ललितजंग शाही, महासमिति सदस्य—जुम्ला एवं पूर्व सांसद
१०. सदस्य — श्री देवराज चालिसे, महासमिति सदस्य, नेपाली कांग्रेस—कास्की
११. सदस्य — श्री नगिना यादव, महोत्तरी

त्यसैगरी, बाढी पहिरो विपत व्यवस्थापन समन्वय समितिका संयोजक श्री मोहनबहादुर बस्नेतले आजै पार्टीका देहायका साथीहरुलाई समितिको आमन्त्रित सदस्यमा मनोनयन गर्नु भएको छ ।

१. श्री जनार्दन नेपाल, काभ्रेपलाञ्चोक
२. श्री दीर्घबहादुर के.सी (कुमार), रुपन्देही
३. श्री चेतनाथ खनाल, गुल्मी