२०७८ कार्तिक २ , मंगलबार

अमेरिकाले दिएको १५ लाख डोज खोप नेपाल आइपुग्यो

सुनाखरी न्युज/ काठमाडौं – अमेरिकी सरकारले उपलब्ध गराएको कोरोनाभाइरस विरुद्धको १५ लाख ३४ हजार ८५० डोज खोप आज बिहान नेपाल आइपुगेको छ । जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप कतार एयरवेजको विमानमार्फत काठमाडौं ल्याइएको हो ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा अमेरिकी राजदूत ¥यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरेका छन् । आज आइपुगेको एक मात्रा लगाए पुग्ने यो खोप कोभिड-१९ को घातक प्रभावबाट जोगाउनका निम्ति पर्याप्त हुनेछ । प्राप्त भएको खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने सरकारको तयारी छ ।