२०७८ श्रावण १० , आइतवार

सुनचाँदीको मुल्यमा गिरावट

gold silver

सुनाखरी न्युज/ काठमाडौं – सोमबार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ सयले घटेर प्रतितोला ९२ हजार २ सयमा कारोबार भइरहेको छ ।

 

यसअघि आइतबार छापावाला सुन तोलाको ९२ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रहेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैँयाले घटेर प्रतितोला १३१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।