२०७८ श्रावण १३ , बुधवार

१० बुँदे सहमति गर्दै मिल्यो एमाले विवाद (सहमतिपत्रसहित)

yemale-2

सुनाखरी न्युज/ काठमाडौं – १० बुँदे सहमति गर्दै नेकपा एमालेको विवाद समाधान भएको छ । विवाद समाधानका लागि एमालेले गठन गरेको कार्यदलको आइतबार बिहानदेखि राती ११ बजेसम्म बसेको बैठकले १० बुँदे सहमतिमा हस्ताक्षर गर्दै विवाद समाधान गरेको हो ।

 

सरकारले संसद विघटन गरेपछि पुर्नस्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका एमाले सांसदहरुको हस्ताक्षरबारे कुनै सहमति नभएको भएपनि त्यसबारेमा पार्टीभित्र छलफल गर्ने सहमति कार्यदलले गरेको छ । त्यस्तै माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरुलाई यसअघि दिइएको जिम्मेवारीमै राख्ने सहमति समेत कार्यदलले गरेको छ । कार्यदलले गरेको सहमति अब नेतृत्वलाई बुझाउने र नेतृत्वका बिचमा हस्ताक्षर गर्ने नेता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

 

उनले भने,‘प्रतिनिधिसभाको विघटनसम्बन्धी सर्वोच्च अदालतमा बिचाराधीन मुद्दा र सरकारका सन्दर्भमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णयका आधारमा हामी अघि बढ्नेछौं ।’त्यस्तै एमाले पुर्नजीवित गर्ने सर्वोच्चको फैसलापछि भएका सबै निर्णय बदर गर्ने सहमति समेत जुटेको छ । सहमतिपछि भोलिका लागि बोलाइएको स्थायी कमिटि र मंगलबारका लागि बोलाइएको केन्द्रीय कमिटिको बैठक समेत बस्ने उपाध्यक्ष भीम रावलले जानकारी दिए ।

यस्तो छ सहमतिपत्र