२०७८ श्रावण २१ , बिहिवार

प्राज्ञ नगेन सिहंको कास्की जिल्ला सभापतिमा उम्मेदवारी

nagen singh savapati nc kaski pic

सुनाखरी न्युज/ पोखरा – नेपाली काँग्रेसको १४औं महाअधिवेशन जति जति नजिकिदै छ, त्यति नेताहरुबीच नेतृत्व हत्याउने रणनीति तयारी हुँदै गईरहेको समयमा प्राज्ञ नगेन सिहं ठकुरीको पनि कास्की जिल्ला सभापतिमा उम्मेदवारीको चर्चा भईरहेको छ ।

 

मतदाताहरुलाई आफू तिर तानातान भईरहेको समयमा काँग्रेसभित्र रहेको गुटउपगुटबीच तालमेल तथा लन्च मिटिङ्गको पनि निकै चर्चा भईरहेको समयमा हाल बर्तमान अबस्थामा सोसल मिडिया कै भरमा जीत पक्का गरेको सभापति उमेदवार प्राज्ञ नगेन सिहं ठकुरीले बताउनु भयो । हरेक ५र५ बर्षमा महाधिवेशन आउँने र अहिले चौथौं महाधिवेशनमार्फत बिश्वब्यापी रूपमा मुलुकलाई अत्याधुनिक बैज्ञानिक नयाँ दिशामा लानु पर्छ भन्ने अभियानमा हामी क्रियाशिल छौं र पार्टीभित्र देखिएका सकारात्मक पक्षलाई अझ तिखार्ने, जनताका आवाजलाई महाधिवेशनमार्फत संस्थागत गर्ने र विचारको राजनीति यो महाधिवेशनले प्रवद्र्धन गर्नुपर्छ भन्ने सोचले अघि बढ्दै गर्दा निःसन्देह नेतृत्वको कुरा पनि अत्यन्तै महत्वपुर्ण रहेकोले कास्की जिल्लाको नेतृत्वमा जाने निर्णय गरेको ठकुरीले बताउनु भयो । उहाँले साथीहरुको चाहना र इच्छा बमोजिम राजनीतिमा अगाडि बढ्नुपर्ने जनाउदैं कास्की जिल्लाको संगठनलाई राजनीतिक रुपमा चलायमान गर्नका लागि नेतृत्वमा आउन लागेको बताउनु भयो ।

 

ठकुरीले अब कांग्रेस बचाएर देश बनाउने हो भने ४० बर्ष मुनिकालाई १००% बडा समितिमा, ९०% नगररगाउँ पालिकामा, ८०% क्षेत्रीय प्रतिनिधिमा अनिवार्य उपस्थित गराएर पार्टीलाई अत्याधुनिक बैज्ञानिक रुपमा संचालन गर्नुपर्ने पहिलो मुख्य एजेण्डा भएको र संगठनलाई सशक्त र चुस्त बनाउने मेरो अर्को एजेन्डा हो पार्टीका साथीहरुलाई प्रशिक्षित र प्रभावशाली बनाउने, जनताको विषयबस्तुलाई बुलन्दरुपमा आवाज मुखरित गर्ने पार्टीको रुपमा नेपाली कांग्रेसलाई स्थापित गर्ने अहिलेको नितान्त आवश्यकता भएकोले “अत्याधुनिक बैज्ञानिक विचार, असल नीति र सक्षम नेतृत्व चयन गरौं” भन्ने नाराका साथ अघि बढेको बताउनु भयो । नेपाली कांग्रेसको सदस्य रहेको बताउदैं महामानब बिपी कोईराला लाईनमा रहेको जनाउनु भयो । उहाँले नेपाली कांग्रेसलाई एक ढिक्का र एकीकृत पार्टीको रुपमा अगाडि बढाउनुपर्ने बताउदैं नेपाली कांग्रेसभित्र गुट र उपगुटको जुन राजनीति छ त्यसले नेपाली कांग्रेसलाई दिनप्रतिदिन कम्जोर बनाउँदै लगेको जनाउनुभयो । यो समस्याबाट नेपाल कांग्रेसलाई कसरी मुक्त गर्ने चिन्तन रहेको बताउदैं आफुँ कुनै लाइन विशेषको उम्मेदवार भन्दा पनि सबैको साझा उम्मेदवार, कार्यकर्ताहरुको उम्मेदवार सबै पक्षलाई सम्मान गर्ने उम्मेदवारको रुपमा सिँगो पार्टीको सभापतिको रुपमा अगाडि बढेको जनाउनु भयो ।

 

ठकुरीले साथीहरुको सद्भाव र मायाले उम्मेदवारीको घोषणा गरेको र कास्कीमा पार्टी भित्रका सबै पक्षलाई समेटेर अगाडि बढ्न सक्ने अवस्था सिर्जना हुने र अब सबै महामानब बिपी कोईरालाको लाईनमा हुनुपर्ने र नेपाली कांग्रेसका साथै सम्पूर्ण जिल्ला बासिको बिकास गर्ने बताउनु भयो ।समाजबाद, प्रजातन्त्र र राष्ट्रियताको उदेश्य पूरा गर्न अब सबै महामानब बिपी कोईराला गुटमा आउनुपर्ने ठकुरीले बताउनु भयो । ठकुरीले नेविसंघको ११औ महाधिवेशनमा केन्द्रीय अध्यक्ष लडदै गर्दा नेपाल कांग्रेस तीन गुट पनि एक आपसमा मिलेर २ गुट हुदाँ पनि फिर्ता नलिएको ईतिहास सम्झदैं जसको परिणाम तत्काल भोगे पनि अहिलेसम्म सबै नेविसंघ र कांग्रेसले दुख पाई बताउदैं त्यतिखेर पनि अडिक र ठिक थिए अहिले पनि किनकि आफू बन्ने भन्दा पनि आफ्नो एजेन्डा स्थापित गर्नु नै महान कार्य हो ढिलो चाडो सबैले बुझ्नु पर्ने बताउनु भयो ।