२०७८ श्रावण २१ , बिहिवार

आज नमिले पनि सर्वोच्चको फैसलापछि एमाले एक हुन्छः वामदेव गौतम

5

सुनाखरी न्युज/ काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आज नमिले पनि सर्वोच्चको फैसलापछि पार्टी एक हुने दाबी गर्नुभएको छ । राष्ट्रिय सभामा आइतबार सम्बोधन गर्दै उपाध्यक्ष गौतमले आफूले फैसलापछि एमाले एक हुने पूर्वघोषणा गरेको स्मरण गर्नुभयो ।

‘म मेरो घोषणा जस्तै होस् भन्ने त चाहन्न, तर त्यही हुन्छ,’ उहाँले भन्नुभयो । गौतमले आफू भने आज नै पार्टी एक भएको सुखद खबर सुन्ने पक्षमा रहेको बताउनुभयो । उपाध्यक्ष गौतमले आफू एकताको पक्षमा रहेकाले कुनै पनि गुटमा समावेश नभएको जिकिर गर्नुभयो ।