२०७८ श्रावण १० , आइतवार

संयोजक बस्नेतद्वारा बाढीपीडित लाई राहत सामाग्री वितरण

3

सुनाखरी न्युज/ काठमाडौँ – नेपाली कांग्रेस बाढीपहिरो बिपत ब्यबस्थापन केन्द्रीय समन्वय समितिको पहलामा बाढीपीडित परिवार लाई विभिन्न राहतका सामाग्रीहर बितरण गरिएको छ ।

 

यो समितिले सिन्धुपाल्चोक जिल्लामा बाढीपीडित पीडित मृतकका परिवार लाई विभिन्न राहतका सामाग्री बितरण गरेको छ । मृत्यु भएको परिवार लाई रु २५ हजार नगद राहत संयोजक,पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले तत्काल उपलब्ध गराउनु भएको थियो ।

 

त्यस्तै नेपाली कांग्रेस बाढीपहिरो बिपत ब्यबस्थापन केन्द्रीय समन्वय समितिको बैठक समन्वय समितिका संयोजक,पुर्ब मन्त्री एबं केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत को संयोजकत्वमा २०७८ असार ३१ गते बिहिवार दिनको १:०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुर मा बस्ने जानकारी समन्वय समिति सदस्य एबं नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिनु भएको छ ।