२०७८ श्रावण २१ , बिहिवार

एक लाख २९ हजार नगदसहित तास खेलिरहेका ६ जना पक्राउ

सुनाखरी न्युज/ नुवाकोट – बिदुर नगरपालिका ८ राईसिंह बस्ने दुर्गा अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका १३ बस्ने ३८ वर्षीय दिनेश खड्का लगायत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २९ हजार ७ सय ६५ रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।