२०७८ श्रावण २१ , बिहिवार

सिंहदरवार घेर्न पुगेका नागरिक समाजका अगुवा पक्राउ

Capture

सुनाखरी न्युज/ काठमाडौँ – सिंहदरवार घेर्न पुगेका नागरिक समाजका अगुवाहरुलाई प्रहरीले पक्राउ गरेको छ। बृहत नागरिक आन्दोलनको आयोजनामा सिंहदरबार गेट अगाडि प्रदर्शन गर्ने तयारी गरिरहेको अवस्थामा नागरिक अभियन्ताहरु पक्राउ परेका हुन्।

मार्चपासका क्रममा प्रहरीले खगेन्द्र संग्रौला, सञ्जीव उप्रेती, नारायण वाग्ले, विमल अर्याल, अर्चना थापा लगायतलाई नियन्त्रणमा लिएको छ। कार्यक्रम सुरु नहुँदै अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि कार्यक्रम प्रभावित बनेको छ।