२०७८ श्रावण १० , आइतवार

आरबीबी म्युचुअल फन्ड–१ मा आवेदन दिने आज अन्तिम दिन

Capture

सुनाखरी न्युज/ काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले आरबीबी म्युचुअल फन्डअन्तर्गत १ अर्ब रुपैयाँको आरबीबी म्युचुअल फन्ड–१ का इकाइहरुमा खरिद आवेदन दिने आज असार २७ गते अन्तिम दिन रहेको छ।

 

यस योजनाका इकाइहरु गत असार २३ गतेबाट बिक्री खुला गरिएको हो। आज बैंकिङ समयसम्म यस योजनामा खरिद आवेदन दिन सकिनेछ। योजनाको कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। यो एउटा बन्दमुखी योजना हो। यो योजनाको अवधि ७ वर्ष रहनेछ। कोष प्रवर्द्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल १० करोड इकाइ रकमको १३ प्रतिशत तथा योजना व्यवस्थापकले २ प्रतिशत रकम बिज पुँजीका रुपमा लगानी गर्नेछ। प्रतिइकाइ मूल्य १० रुपैयाँ रहेको म्युचल फन्डमा अधिकतम १ करोड इकाइ संख्यासम्म लगानी गर्न सकिनेछ।

 

इकाइ बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक योजनाले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकहरुलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पुर्याउने उद्देश्यले यस योजनाको इकाइहरु निष्कासन गरिएको आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा गई आवेदन दिन सकिन्छ। यो योजनामा सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिन सकिन्छ।