२०७८ श्रावण २१ , बिहिवार

एनआईबिएल एस क्यापिटलले ल्यायो लगानीकर्ताका लागि यस्तो योजना

Nibl-PMS

सुनाखरी न्युज/ काठमाडौँ -नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले लगानी व्यवस्थापन सेवा अन्तर्गत आफ्ना लगानीकर्ताका लागि लगानी गर्ने नयाँ योजना ल्याएको छ।

 

नेपालमै पहिलो पटक अप्रत्याशित रुपमा हुने दुर्घटनाका कारण पर्न सक्ने आर्थिक भारलाई समेत वहन गर्न सक्ने किसिमको लगानी व्यवस्थापन योजना एनआईबीएल एस क्यापिटले आफ्ना लगानीकर्ताका लागि ल्याएको छ। यस योजनाअन्तर्गत व्यवस्थित लगानी व्यवस्थापनका साथै लगानीकर्तालाई रु. ५ लाखसम्मको दुर्घटना बीमा प्रदान गरिने जनाएको छ। यस योजनामा लगानी व्यवस्थापन सेवाको पहिलो वार्षिक शुल्कमा ५०% छुट पनि दिइनेछ र यसका साथै परिवारको ५ जना सदस्यलाई निःशुल्क डिम्याट खाता तथा मेरो सेयर खोलिने, पहिलोपटक थैली एप डाउनलोड गर्दा रु. १०० को टपअप, निःशुल्क सम्पत्ति व्यवस्थापन परामर्श सेवा र अनुसन्धानमा आधारित प्रतिवेदनमा पहुँच स्ता थुपै्र सुविधा दिइने बताएका छन्।

 

थप जानकारीका लागि, एनआईबीएल एस क्यापिटल लिमिटेडको वेबसाइट www.niblcapital.com तथा मुख्य कार्यालय (फोन नम्बर ०१–४४२५२८०) मा सम्पर्क गर्न सकिनेछ।