२०७८ श्रावण १३ , बुधवार

काभ्रेमा सवारी दुर्घटना गरी फरार चालक पक्राउ, यस्तो छ घटना

Capture

सुनाखरी न्युज/ काभ्रे – काभ्रेको बनेपामा तरकारी ब्यापार गर्दै आएका दुई जनालाई ठक्कर दिएर भागेको सवारी चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर १ का ३९ बर्षीय दोर्जे शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

 

शेर्पाले गएको जेठ २४ गते बिहान ४ बजे बनेपा नगरपालिका वडा नम्बर ७ स्थित पुरानो तरकारी बजार अगाडी अरनिको राजमार्ग सडक खण्डमा तरकारी व्यावसाय गर्दै आएका पाँचखाल नगरपालिका वडा नम्बर १ घर भएका ७१ को नन्दकेशर तिमल्सिना र झापा जिल्ला लखनपुर दमक गाउँपालिका वडा नम्बर ८ घरभई बनेपा बस्दै आएकी ३० बर्षीय सबिना बाँनिया राईलाई ठक्कर दिई दुबैजनालाई सख्त घाईते बनाई फरार भएका थिए ।

 

घाईतेलाई नन्दकेशर तिमल्सिनाको धुलिखेल अस्पतालमा सोहिदिन मृत्यु भएको थियो । सबिना बाँनिया राईको सोही अस्पतालमा उपचार भैई मिति असार १८ गते डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।प्रहरीको बिशेष अनुसन्धान टोली परिचालन गरि ह्यूमन इन्टेलिजेन्स र विविध प्राविधिक पक्षहरुको बिश्लेषणको आधारमा ३९ बर्षीय शेर्पा र उनले चलाउने ना ४ च ४०६९ नम्बरको सवारी नियन्त्रणभा लिन प्रहरी सफल भएको हो ।

 

यस्तो छ घटना विवरण

मिति २०७८।०२।२४ गते बिहान अं. ०४:०० बजेको समयमा का.प.जि. बनेपा न.पा. वडा.०७ स्थित पुरानो तरकारी बजार अगाडी अरनिको राजमार्ग सडक खण्डमा साँगाबाट धुलिखेलतर्फ आउदै गरेको तत्काल एकिन सवारी चालक र सवारी नम्बर समेत नखुलेको पिकअप जस्तो देखिने सवारीले सोही सडक खण्डमा विगत देखी तरकारी व्यावसाय गर्दै आएका का.प.जि.पाँचखाल न.पा.वडा नं.१ बस्ने बर्ष ७१ को नन्दकेशर तिमल्सिना र जिल्ला झापा लखनपुर दमक गा.पा.वडा नं.०८ घरभई हाल का.प.जि.बनेपा न.पा.वडा नं.०५ बस्ने बर्ष ३० की सबिना बाँनिया राई समेतलाई ठक्कर दिई दुबैजनालाई सख्त घाईते बनाई चालक र सवारी वारदात पश्चात भागी फरार भएको र घाईतेहरुलाई उपचारको लागि धुलिखेल अस्पतालमा लगि उपचारको क्रममा घाईते मध्ये नन्दकेशर तिमल्सिनाको सोही अस्पतालमा ऐ. अं.१७:४० बजेको समयमा मृत्यु भएको र सबिना बाँनिया राईको सोही अस्पतालमा उपचार भैई मिति २०७८।०३।१८ गते डिस्चार्ज भएको ।
• घटनाको अनुसन्धानको क्रममा शंकास्पद दर्जनौ सवारी साधन , सवारी चालक र सर्वसाधारणलाई सोधपुछ गर्ने क्रममा उक्त शंकास्पद सवारी साधनको सम्बन्धमा महत्वपुर्ण जानकारी प्राप्त भएको ।
• यातायात व्यवस्था कार्यालय, सवारी साधन बितरक कम्पनी , ग्यारेज, रिकन्डिसन आदिमा प्रहरी टोली खटी गई प्राप्त अभिलेखहरुको सुक्ष्म अध्ययन बिश्लेषण गरिएको ।
• वारदात पश्चात फरार रहेको उक्त सवारी साधन र सवारी चालक जान सक्ने सम्भावित स्थानहरु काठमाण्डौ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायत तराईका जिल्लाहरुमा समेत प्रहरी टोली खटि गई सुचना संकलन तथा खोजतलास गरिएको ।
• प्रहरीको बिशेष अनुसन्धान टोली परिचालन गरिएको Human Intelligence र विविध प्राविधिक पक्षहरुको बिश्लेषणको आधारमा सवारी दुर्घटना पश्चात फरार व्यक्ति, जिल्ला रामेछाप उमाकुण्ड गा.पा. -०१ बस्ने बर्ष ३९ को दोर्जे शेर्पा रहेको तथा निज MAZDA 4*4 कम्पनीको ना ४ च ४०६९ नं को सवारी चालक रहेको कुरा खुल्न आएको ।
• निज लाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय रामेछापको सहयोग र यस कार्यालयको सँयुक्त अनुसन्धान टोलीले वारदात पश्चात प्रहरीबाट बच्नको लागी विभिन्न स्थानहरु हुदै आफ्नो स्थायी वतनमा लुकीछीपी बसेको अवस्थामा फेला पारी कानुनबमोजिम पक्राउ गरी निज दोर्जे शेर्पालाई ज्यान सम्बन्धी कसुर ( सवारी ज्यान ) मुद्दामा सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको ।