२०७८ श्रावण ११ , सोमवार

प्रधानमन्त्रीद्धारा वीरअस्पतालको सर्जिकल भवन उद्घाटन

6

सुनाखरी न्युज/ काठमाडौँ – वीर अस्पतालको सर्जिकल भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।आइतबार बिहान महाबौद्धमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सर्जिकल भवनको उद्घाटन गर्नुभयो ।

उक्त भवन २०७४ साल फागुनमा प्रधानमन्त्री ओलीबाट शिलान्यास भएको थियो। समयभित्रै भवन निर्माण गरेकोमा शर्मा निर्माण कम्पनीलाई प्रधानमन्त्री ओलीले धन्यबाद समेत दिनुभएको छ । यस भवनमा कोरोना संक्रमितलाई राखेर उपचार यसअघिदेखि नै सुरू भइसकेको छ।

 

सर्जिकल भवनमा सेवा दिन सरकारले ८ सय ३१ जना चिकित्सकलगायतको दरबन्दी स्वीकृत गरेको थियो। प्रधानमन्त्री ओलीले जनताको स्वास्थ्यलाई महत्व दिनुपर्ने बताउनुभयो ।‘जनताको जीवन रक्षा पहिलो कर्तव्य हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । कोरोना खोप ल्याउने र जनतालाई लगाउने उहाँले बताउनुभयो ।