२०७८ श्रावण ११ , सोमवार

गण्डकी प्रदेश चेम्वर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेशनको समुद्घाटन

Capture

सुनाखरी न्युज/ काठमाडौँ – नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आज गण्डकी प्रदेश चेम्वर अफ कमर्सको प्रथम साधारण सभा तथा अधिवेशनको समुद्घाटन गर्नु भयो । समुद्घाटनका अवसरमा अध्यक्ष राजेन्द्र मल्लले नेपाल चेम्वर अफ कमर्सले सघीय अवधारणा बमोजिम मुुलुक भर चेम्वरको संरचनाहरु बिस्तार गरेकोे सन्दर्भमा आज गण्डकी प्रदेश चेम्वर अफ कमर्सको साधारण सभाको उद्घाटन गर्न पाउदा खुशी लागेको बताउनु भयो ।

 

उक्त अवसरमा अध्यक्ष श्री मल्लले चेम्वरले कृषी तथा जडीवुटी क्षेत्रको उत्पादन वढाइ ग्रामीण अर्थतन्त्रलाइ समृद्ध बनाउने र सूचना र प्रबिधिलाइ जनस्तरमा पुर्याइ नयां प्रबिधीलाइ ग्रामीणमुखी बनाउने र यसलाइ ग्रामीण तहमा आय आर्जनको मार्ग सृजना हुने व्यक्त गर्नुु हुदै यसबाट रोजगारीको अवसर सृजना भइ स्वावलम्वी अर्थतन्त्रको बिकास हुने बताउनु भयो । यसका लागि चेम्वर अन्तरगत गठित बिभिन्न समितिहरुमा बिषय बिज्ञहरुको प्रतिनिधित्व गराइ कृषि,जडीवुटी तथा सूचना प्रबिधिलाइ उच्च प्राथमिकतामा राखेको बताउनु भयो । चेम्वरले नेपाल सरकार समक्ष कृषि तथा जडिवुटीको बजारीकरणको लागि कृषि एम्वुलेन्सको व्यवस्था लगायत कृषि तथा सूचना तथा प्रबिधिमा उच्च जोड दिन नेपाल सरकार समक्ष अनुरोध गरेको बताउनु भयो ।कोरोनाले प्रभाबित अर्थतन्त्रलाइ चलायमान बनाउन जिल्ला स्तरमा खोपको व्यवस्थाको लागि पनि चेम्वरले नेपाल सरकार समक्ष आग्रह गरेको बताउनु भयो ।

 

नव निर्वाचित कार्य समितिलाइ वधाइ ज्ञापन गर्नु हुंदै चेम्वर अभियान बिस्तार गर्न आग्रह गर्नु भयो । गण्डकी प्रदेश चेम्वर अफ कमर्सको नव निर्वाचित कार्य समितिमा उपाध्यक्ष वहादुर गुरुङ, महासचिवमा देवराज शर्मा,सचिवमा बिष्णु कुमार श्रेष्ठ, कोषाध्यक्षमा तेजेन्द्र पौडेल र कार्य समिति सदस्यहरुमा बिजय हिराचन,भरत वहादुर रकाल, महेन्द्र मोहन भट्टराइ,ज्ञानु अधिकारी, टिका कुमारी गुरुङ, गंगा प्रसाद श्रेष्ठ, तारानाथ ढुंगाना, प्रकाश न्यौपाने, बिष्णु कुमारी गुरुङ( एकता) युवराज खतिवडा र अरुण गिरी निर्विरोध निर्वाचित हुनु भएको छ ।

 

 

गण्डकी प्रदेश चेम्वर अफ कमर्सका अध्यक्ष किसान सुनारको अध्यक्षतामा वसेको उक्त साधारण सभा तथा अधिवेशन कार्यक्रममा अध्यक्षको आशनबाट अध्यक्ष सुनारले गण्डकी प्रदेश चेम्वर अफ कमर्सले प्रदेश अन्तरगतको बिभिन्न जिल्लाहरुमा बिभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु संचालन गर्ने बताउनु हुंदै भर्चुअल रुपमा आयोजित साधारणमा सहभागी हूनु भएकोमा सवैलाइ धन्यबाद ज्ञापन गर्नु भयो । उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष श्री दीपक श्रेष्ठ तथा ६ वटै प्रदेशका प्रदेश चेम्वरका अध्यक्षहरु तथा जिल्ला तथा नगर चेम्वरका अध्यक्षहरुको सहभागिता रहेको थियो ।