२०७८ श्रावण ११ , सोमवार

प्रधानमन्त्रीद्वारा मेलम्ची बाढी पीडितलाई प्रतिपरिवार ५० हजार दिने घोषणा

5

सुनाखरी न्युज/ काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची बाढी पीडित प्रतिपरिवार ५० हजार राहत दिने घोषणा गर्नुभएको छ । आज हेलम्बु गाउँपालिका स्थित गणेश बजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले बोल्दै बाढीबाट क्षति पुगेका ३६६ घरपरिवारलाई सरकारले प्रतिपरिवार ५० हजार दिने बताउनुभएको हो ।

 

“तत्काल पीडित परिवारलाई ५० हजारको दरले राहत उपलब्ध गराउँछौं । निर्माणका लागि हिमाली भेगमा ५ लाख, पहाडी भेगमा ४ लाख र तराइ भेगामा ३ लाख उपलब्ध गराइरहेका छौं,” ओलीले भन्नुभयो । उनले पीडित परिवारलाई १५ सय बण्डल जस्तापाता उपलब्ध गराउने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले बाढीले भत्काएको पुल, विद्यालय सरकारले बनाउने, घाइतेको उपचार सरकारले गर्ने समेत बताउनुभयो । पुनः निर्माणको काममा सरकारको ध्यान गएको उहाँको भनाइ छ ।