२०७८ श्रावण १० , आइतवार

नुवाकोटमा पनि भेटियो डेल्टा प्लस भेरियन्ट

coronavirus

सुनाखरी न्युज/ नुवाकोट – नुवाकोटमा कोरोना भाइरसको तेस्रो भेरियन्ट (डेल्टा प्लस ) भेटिएको छ । शुक्रवार त्रिशुली अस्पतालले बिज्ञप्ती जारी गरि कोरोना भाइरसको तेस्रो भेरियन्ट (डेल्टा प्लस ) भेटिएको पुष्टि गरेको हो ।

 

त्रिशुली अस्पतालको पिसीआर प्रयोशालामा कोरोना पोजेटिभ देखिएका ४ वटा स्वाबका नमुनाहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं टेकु मार्फत अन्तर्राष्ट्रिय प्रयोगशालामा पठाइएको मध्य तीन वटा स्वावमा डेल्टा (B.617.2) र एक वटामा (B.167.2)+K417N प्रमाणित भएको त्रिशुली अस्पतालले जनाएको छ ।

 

कोरोना भाइरस (डेल्टा प्लस) भाइरसले बालबालिका देखि वृद्धवृद्धा सबै उमेर समुहका व्यक्तिहरुलाई आक्रमण गर्ने भएकाले सचेत हुन सबैलाई बिज्ञप्ती मार्फत आग्रह गरेको छ ।