२०७८ श्रावण १९ , मंगलबार

एमाले कार्यदल सहमति नजिक !

UML

सुनाखरी न्युज/ काठमाडौँ —

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदल नजिक पुगेको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुक्रबार करिब ७ घण्टा बसेको कार्यदलको बैठकमा सहमति जुटेको र त्यसलाई शनिबार अन्तिम रुप दिने नेताहरुले दाबी गरेका छन् ।

‘कार्यदलको आजको बैठक निकै लामो र सघन छलफलमा बिताएका छौं । झन्डैझन्डै ७ घण्टा ब्यतित गरेका छौं । पार्टी एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेका छौं,’ बैठकपछि कार्यदल सदस्य प्रदीप ज्ञवालीले भने । ‘सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन अर्थात् भाषिक परिमार्जनलगायतका केही विषयहरुमा भोलि केहीबेर बस्न पर्ने भएको छ । तर अहिलेका जति पनि प्रश्न छन्, त्यसलाई सहमतिको विन्दुमा ल्याइ पुर्‍याएका छौं । एमाले नेता कार्यकर्ताको चिन्तलाई दूर गर्नेगरी भोलि सहमतिका साथ टुंग्याउँछौं ।’ ज्ञवालीले भने ।

 

अर्का कार्यदल सदस्य गोकर्ण विष्टले पनि धेरै कुरामा सहमति जुटेको बताए ।