२०७८ श्रावण २१ , बिहिवार

युवा आधुनिक सामुहिक खेती फर्म भरतपुर-२५ लाई कृषि सामाग्री तथा उपकरणहरु हस्तान्तरण

Capture

सुनाखरी न्युज/ काठमाडौं – कृषि विकास वैंकले आधुनिक सामुहिक खेती फर्म भरतपुर–२५ का अध्यक्ष लेखनाथ भुषाल लाई कृषि विकास वैंक लि.का संचालक सदस्य संजीव पौडेलले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कृषि सामाग्री तथा उपकरणहरु १८० थान क्रेट, १८ थान आटोमेटिक स्प्रे मेसिन, तथा १ थान डिजिटल काँटा, एक कार्यक्रमका विच हस्तान्तरण गर्नु भयो ।

 

उक्त कार्यक्रममा कृषि विकास वैंक लि. प्रदेश कार्यालय, वीरेन्द्रनगरका निर्देशक कृष्ण नकर्मी, वरिष्ठ शाखा प्रमुख संजिव कुमार उप्रेती, कृषि विकास वैंक लि. शाखा कार्यालय भरतपुरका प्रवन्धक दिनेशवावु नेपाल ,समुहमा आवद्ध कृषक सदस्यहरु, स्थानिय भद्र भलादमीहरु एवं वैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । सो अवसरमा कृषि विकास वैंक लि. शाखा कार्यालय, भरतपुरका प्रवन्धक  दिनेश वावु नेपालले कृषि विकास वैंक, कृषि क्षेत्र कै विकासको लागि स्थापना भएको र वदलिदो परिस्थिती अनुसार अन्य क्षेत्रलाई पनि समटदै लगेता पनि कृषि क्षेत्रमा यस वैंकको विशेष लगाव रहेकोले यस वैंकको नारा नै कृषिलाई नछोडने र अरुलाई जोडने रहेको छ भन्नुभयो । यदी यहाँहरुलाई वित्तिय सहयोग चाहिएमा ७ कार्यदिन भित्र कर्जा उपलब्ध गराउन सक्ने धारणा राख्नु भयो साथै कृषकहरुको हित र कृषि क्षेत्रलाई प्रविधी मैत्री वनाउदै लैजानको लागि कृषि विकास वैंकले किसान क्रेडिट कार्ड तथा किसान एप संचालनमा ल्याएको छ जसको माध्यमवाट यहाँहरुले आफुलाई चाहिएको वेलामा किसान कार्डको प्रयोग गरेर आवश्यकिय विउविजन, मलखाद तथा कृषि समाग्री खरिद गर्न सकिने जानकारी गराउनु भयो ।

 

उक्त कार्यक्रममा कृषि विकास वैंक लि. प्रदेश कार्यालय, वीरेन्द्रनगरका निर्देशककृष्ण नकर्मीले कृषि विकास वैंकले यस प्रदेश भित्र कृषि क्षेत्रमा गरेको लगानीको स्थिती, सहुलियतपूर्ण कर्जा प्रवाहको स्थिती, र किसान क्रेडिट कार्ड तथा किसान एपको माध्यमवाट कृषकलाई हुने फाइदाका वारेमा प्रकाश पार्दै यस फार्मका युवा कृषक सदस्यहरुले नपढेका मानिसले मात्र नभएर पढेका मानिसले पनि कृषि कार्य गर्नुपर्छ भन्ने सकरात्मक सोचका साथ यो क्षेत्रमा लाग्नु भएका सवै सदस्यहरुलाई सफलताको शुभकामना दिदै, यस फार्मको वारेमा लेखनाथ जी को संचार माध्यममा आएको अन्तरवार्ताले आफुलाई निक्कै प्रभावित वनाएको र यहाँहरुको कार्यलाई यस वैंकका प्रमुख कार्यकारी अधिकृत ज्यूले पनि चासो राख्नु भएको कुरा आफ्नो मन्तब्यको क्रममा राख्नु भएको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथी तथा वैंकका संचालक सदस्य  संजिव पौडेल ले आफ्नो मन्तब्यको क्रममा, आफु यस कार्यक्रममा सहभागी हुन आउदा वैंकको विज्ञापन गर्ने उद्देश्यले नआएकोे कृषि विकास वैंकका सेवाहरुलाई कृषक मैत्री कसरी वनाउन सकिन्छरु सुझाव लिएर यदि नीतिमा परिवर्तन गर्नुपर्ने भए आवश्यक सुधारको लागि सुझाव लिन आएको, हामीले नारामा तपाई हाम्रो घर आँगनको वैंक भनेका छौ साच्चै वैंक तपाईहरुको घर आँगनमा जत्तिकै सहज छ कि छैन वुझ्न आएको वताउनु भयो । कृषि क्षेत्रमा ब्यापक परिवर्तन गर्नु पर्ने आवश्यकता रहेको आफुले महसुस गरेको वताउदै कृषकले उत्पादन गरेको वस्तुको कृषकले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्य विच ठूलो फरक रहेको र विचका विचौलियहरुले लाभ उठाइरहेको हुदा कृषकहरुले आफ्नो ध्यान विक्री प्रवद्र्यनमा पनि दिनु पर्ने भएकोले यहाँहरुले आफ्नो उत्पादनलाई मूल्य श्र्रंखलाको माध्यममा जोडिनु पर्ने वताउनु भयो । युवा सदस्यहरुको यस्तो प्रयास, समाज र राष्ट्रको लागि महत्वपूर्ण रहेको र रोजगारीको लागि विदेशिनु भन्दा आधुनिक कृषिलाई रोज्नु भएकोमा हार्दिक धन्यवाद दिदै सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

 

उक्त कार्यक्रममा फार्मका अध्यक्ष श्री लेखनाथ भुषालले उक्त फार्ममा १८ जना कृषक सदस्यहरु रहेको र ९० विघा जग्गामा विभिन्न किसिमका तरकारी खेती गरिरहेको जानकारी राख्दै । हाम्रो कामलाई देखेर कृषि विकास वैंक लि. ले जुन सहयोग गर्यो यो हाम्रो लागि खुशीको कुरा मात्रै होइन थप कार्य गर्ने प्रेरणाको कुरा पनि भएको वताउनुभयो । हामी विच विभिन्न किसिमको समस्याहरु छ । विशेष गरेर प्रमुख अतिथी ज्यूले भन्नु भए जस्तै वजारिकरणको समस्या लागत मूल्य अनुसार वजार मूल्य नपाउने अवस्था छ । सरकारी निकाय र सहयोगी निकायहरुले त्यस तर्फ विशेष ध्यान दिनुपर्ने हामीले महसुस गरेका छौ । हाल सम्म कृषि विकास वैंकवाट पाएको वित्तिय सहयोग वाट आफुहरु सन्तुष्ट रहेको र यस किसिमको चासो र सहयोग आगामी दिनमा पनि पाइरहने विश्वास गर्दै विशेष गरेर कृषि विकास वैंक लि. शाखा कार्यालयका भरतपुरवाट सहयोगको पहल भएकोमा धन्यवाद दिनु भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष लेखनाथ भुषालले गर्नु भएको थियो र कार्यक्रम संचालन संस्थाका सचिव सुमन सुवेदी ले गर्नुभएको थियो ।