२०७८ श्रावण १० , आइतवार

ज्योति विकास बैंक र क्यान बीच सम्झौता

IMG

सुनाखरी न्युज/ काठमाडौं – ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ क्यान बीच देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधि प्रवर्द्धनको लागि सहकार्य गर्ने सम्झौता भएको छ। दुई संस्थाले संयुक्त रुपमा देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधिको प्रवर्द्धन, तालिम र सेवा विस्तार तथा कार्यान्वयनको लागि कार्यक्रमहरु सञ्चालनमा ल्याउने छन्।

 

शुक्रबार एक कार्यक्रमका बीच ज्योति विकास बैंकका तर्फ बाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारसराज कंडेल र क्यानका तर्फ बाट क्यानका उपाध्यक्ष रञ्जित कुमार पोदरले सम्झौतापत्रमा हस्ताक्ष रगर्नुभएको थियो।साथै सम्झौता अनुसार ज्योति विकास बैंकले नमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरु लाई विशेष छुटमा प्रोफेसनल लोन, १५ लाख रुपैयाँ सम्मको बिना धितो सहुलियतपूर्ण कर्जा,साना तथा मझौला कर्जा प्रदान गर्नुका साथै क्यान अन्तर्गतका व्यवसायीहरु लाई डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्नेछ।

ज्योति विकासबैंकले हाल १०५ शाखा कार्यालय, १एक्सटेन्सन काउन्टर तथा ६१ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।