२०७८ श्रावण २१ , बिहिवार

कुन देशको पासपोर्ट कति शक्तिशाली

Capture

सुनाखरी न्युज/ काठमाडौं – विश्वको शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट १०९ औं स्थानमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्स ले सार्वजनिक गरेको सूचीको नेपाल पाचौं स्थान तल झर्दै १०९ औं स्थानमा पुगेको हो । यसअघि नेपाल १०४ औं स्थानमा रहेको थियो ।

 

पहिलो स्थानमा जापानी पासपोर्ट पर्न सफल भएको छ । अर्थात, जापानी पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ । जापानी पासपोर्ट वाहकले विश्वका १९३ वटा देशमा विना भिसा वा अन अराइभल (गन्तव्यमा पुग्नासाथ भिसा पाउने) पोर्ट अफ इन्ट्रीमै भिसा प्राप्त गरेर यात्रा गर्न पाउनेछन् । विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट सूचीको दोस्रोमा सिंगापुर परेको छ । सिंगापुरको पासपोर्टले विश्वका १ सय ९२ देशमा अन अराईभल भिसा पाउँदै आएका छन् । तेस्रो स्थानमा परेका जर्मनी र दक्षिण कोरियाको पासपोर्ट १९१ स्कोरसहित विश्वका तेश्रो शक्तिशाली पासपोर्ट भएका छन् । चौथो नम्बरमा फिनल्याड, इटाली लग्जमबर्ग र स्पेन रहेका छन् । टपटेनमा युरोपका देशहरु अग्रपंक्तिमा देखिएका छन् । डेनमार्क र अष्ट्रिया पाँचौ नम्बरमा रहेको छ ।

 

त्यस्तै स्वीडेन, फ्रान्स, पोर्चुगल र नेदरल्याण्ड छैठौं नम्बरमा छन् । अमेरिका, स्वीटजरल्याण्ड, बेलायत, , बेल्जियम र न्युजिल्याण्डको पासपोर्ट सातौं नम्बरमा रहेका छन् । आठौं नर्वे, ग्रिस, माल्टा, चेक रिपब्लिक रहेका छन् । नवौं नम्बरमा क्यानडा र अष्ट्रेलिया दशौं नम्बरमा हंगेरीका पासपोर्ट छन् । सार्वजनिक सूचीमा नेपालको छिमेकी भारत ९० औं स्थानमा रहेको छ । भारतीय राहदानीले विश्वका ५८ देशहरुमा यात्रा गर्न सकिन्छ । छिमेकी चीन ७२ औं स्थानमा रहेको छ । चीनको राहदानीले विश्वका ७८ देशमा यात्रा गर्न सकिन्छ । विश्वका सबैभन्दा कमजोर पासपोर्टमा पहिलो नम्बरमा अफगानिस्तान रहेको छ । जसबाट जम्मा २६ वटा देशमा विना भिसा वा भिसा अन एराइभलमा यात्रा गर्न सकिन्छ ।

 

कमजोर पासपोर्टमा इराक दोश्रो, सिरिया तेश्रो, पाकिस्तान चौथो, यमन पाँचौं, सोमालिया , छैठौं, प्यालेस्टाइन सातौं, नेपाल आठौं, नम्बरमा परेका छन् । हेन्ली एण्ड पार्टनरले प्रत्येक वर्ष विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्दै आएको छ । ‘अन अराइभल’ सम्बन्धित देशमै गएर भिसा लिन सकिने सुविधा भिसा प्राप्तीको आधारमा सूची तयार पारिन्छ । जुन देशको पासपोर्टले सबैभन्दा बढि देशमा अन अराइभल भिसा पाउँछ त्यसलाई सबैभन्दा शक्तिशाली मानिन्छ । नेपाललाई विश्वका जम्मा ३८ देशले मात्र अन अराइभल भिसा उपलब्ध गर्ने गरेको हेन्ली एण्ड पार्टनरको वार्षिक सूचीमा उल्लेख छ ।

हेन्ली पासपोर्ट इन्डेक्स