२०७८ श्रावण १० , आइतवार

अशक्त युवाको उद्धार र निशुल्क उपचार

bbb

सुनाखरी न्युज/ काठमाडौं-
काठमाडौंको बालाजुमा अशक्त अवस्थामा रहेका एक युवाको उद्धार गरिएको छ । म्हेपी महिला समाज र वालाजु वेस्ट क्लवले ती युवाको उद्धारगरी काठमाडौं स्थित ट्रमा सेन्टमा उपचार गराइएको म्हेपी महिला समाजकी अध्यक्ष एवं स्थानिय समाजसेवी रिता श्रेष्ठ प्रधानले वताइन् । उनका अनुसार २१ बर्षिया ती युवाको ट्रमा सेन्टरमा निशुल्क उपचारको ब्यवस्था मिलाइएको छ । हात÷गोडामा विभिन्न खालका समस्या देखिएका ती युवा विगत लामो समयदेखि उपचारको अभावमा छटपटाइरहेका थिए ।