२०७८ श्रावण २१ , बिहिवार

दोहोरो अंकले बढ्यो नेप्से

nepse

सुनाखरी न्युज/ काठमाडौँ – नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा यो हप्ताको अन्तिम दिन विहीबार दोहोर अंकले बढेर बन्द भएको छ । विहीबार नेप्से २३ दशमबल ९७ अंकले बढेर २ हजार ८ सय २५ दशमबल ११ विन्दुमा पुगेको छ ।

 

कारोबार रकम ४ अर्ब ८१ करोड ५५ लाख बराबरको भएको छ । विहीबार २ समूह बाहेक सबै उपसूकांक बढेका कारण नेप्सेले धेरै दिन पछि दोहोरो अंकको वृद्धि भएको हो । ट्रेडिङ समूह र अन्य समूहबाहेक सबै उपसूचकांकमा हरियाली देखिएको छ ।