२०७८ श्रावण २१ , बिहिवार

लक्ष्मी बैंकको १३०औँ शाखा बुढानिलकण्ठको गणेश चोकमा

Capture

सुनाखरी न्युज/ काठमाडौँ – लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममाआफ्नो १३०औँ शाखा बुढानिलकण्ठको वडा न. ६ स्थित गणेश चोकमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

 

यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १३० शाखा, ६एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ६१शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

 

यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरु लाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमाआफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ।