२०७८ श्रावण १९ , मंगलबार

तीन वर्ष नभएसम्म बीमालेख त्याग्न नपाउने, यस्तो छ जीवन बीमालेख निर्देशिका २०७८

beema

शिव दुवाडी/सुनाखरी न्युज/ काठमाडौँ – बीमा समितिले जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । समितिले बीमालेख स्वीकृति प्रकृयालाई सरलीकृत र व्यवस्थित बनाई एकरुपमा कायम गर्न बीमा ऐन अनुसार निर्देशिका जारी गरेको जनाएको छ ।

 

निर्देशिका अनुसार अब बीमालेख तयार पार्दा बजार अनुसन्धानको प्रतिवेदन, जोखिमको पहिचान, आंकलन तथा न्युनीकरण सम्बन्धी योजना, बीमालेख बजारीकरण योजना र न्युनतम ३ वर्षको वित्तीय प्रक्षेपण बीमालेखको व्यवसायिक योजना तयार पार्नु पर्दछ । बीमा कम्पनीले बीमालेख अन्तर्गत ३ वर्षको बीमाशुल्क प्राप्त भएपछि मात्रै (एकल बीमालेखको हकमा पनि) बीमालेख समर्पण गर्न तथा बीमालेख धितो राखि ऋण लिन पाउनेछन् ।

जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ को पुर्णपाठ यस्तो छ ।