२०७८ श्रावण १३ , बुधवार

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाद्धारा आत्मसमर्पण

57

सुनाखरी न्युज/ काठमाडौँ – अदालतको अवहेलनामा दोषी ठहर गरिनुभएका दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गर्नुभएको छ ।

 

हिजो अबेर बाँकी जेल सजायँ पूरा गर्न पूर्व राष्ट्रपति जुमा घर नजिकै रहेको जेलमा आफैं जानुभएको बताइएको छ । ७९ वर्षीय पूर्व राष्ट्रपति जुमालाई प्रहरीले गिरफ्तार गर्ने तयारी गरिरहेका बेला उहाँ आफैं जेलमा उपस्थित हुनुभएको हो ।

 

अघिल्लो साता पूर्व राष्ट्रपति जुमालाई अदालतको अवहेलनामा १५ महिना जेल सजायँ तोकिएको थियो । गत आइतबार पूर्व राष्ट्रपति जुमा जेल जान अस्विकार गरेपछि बुधबारसम्मको समयसीमा तोकिएको थियो । तोकिएकै समयमा पूर्वराष्ट्रपति जुमाले प्रहरी समक्ष आफूलाई आत्मसमर्पण गर्नुभएको थियो । –