२०७८ श्रावण ११ , सोमवार

नेपाली खेलाडीलाई ५६ वर्षपछि ओलम्पिकको मैदानमा उत्रने अवसर

5

सुनाखरी न्युज/ काठमाडौँ – ओलम्पिकका लागि छनोट भएका विभागीय टिम त्रिभुवन आर्मी क्लबका खेलाडीको सम्मानमा बधाई तथा शुभकामना प्रदान गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डाले ओलम्पिकका लागि छनोट भएका विभागीय टिम त्रिभुवन आर्मी क्लबका खेलाडीको सम्मानमा स्वरुप सो कार्यक्रम गरेको हो ।

 

उक्त कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले ती दुवै खेलाडीलाई सम्मान स्वरुप खेल सामग्रीसहितको झोला हस्तान्तरण गरेका थिए । प्रधानसेनापति थापाले मुलुकको खेलकूद क्षेत्रको विकासमा सेनाले गौरव गर्न लायक रूपमा दिँदै आएको बताएका छन् । हालसम्म योगदान र निरन्तरका आधारमा सङ्गठनका २४ खेलाडीले ओलम्पिकमा आफ्नो कौशल प्रस्तुत गर्न सफल भएको बताएका छन् । जापानको टोकियोमै आजभन्दा ५६ वर्षअघि अर्थात् सन् १९६४ मा भएको ओलम्पिकमा नेपालले पहिलो पटक सहभागिताको मौका पाएको थियो ।

 

संसारकै सबैभन्दा ठूलो खेलकूद कुम्भ मेलामा पहिलो प्रवेशको करीब ५६ वर्षपछि टोकियोमा नेपाली खेलाडीलाई चार खेल विधामा मैदानमा उत्रने अवसर मिलेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेल क्षेत्रमा लागेका सबैको सपनाका रुपमा रहेको ओलम्पिकमा छनोट हुन पाउनु खेलाडीका लागि निकै ठूलो गौरवको विषय भएको बताए । त्रिभुवन आर्मी क्लब मुलुकको खेलकूद क्षेत्रका च्याम्पियन विभागीय टिम हो । नेपालका तर्फबाट सहभागी पाँचमध्ये चार अर्थात् ८० प्रतिशत महिला खेलाडी हुन् । खेलाडीलाई उत्साह र राम्रो प्रदर्शनी होस् भनेर परिषद् र ओलम्पिक कमिटीले पाँचतारे होटेलमा राखेर प्रशिक्षण दिइएको छ ।