२०७८ श्रावण ११ , सोमवार

लागुऔषध सहित २ जना पक्राउ

Capture

सुनाखरी न्युज/ सुनसरी – सुनसरी धरान उपमहानगरपालिका ६ तीनकुने जंगलबाट लागूऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका ६ बस्ने २१ बर्षीय सुमन कार्की र धनकुटा नगरपालिका ९ बस्ने २१ बर्षीय सुदिप राई रहेका छन् ।

 

हिजो बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले ईटहरीबाट धरानतर्फ आउँदै गरेको प्र१-०६-००१प ००१८ नम्बरको मोटरसाईललाई चेकजाँच गर्दा सवार कार्की र राईको साथबाट लागूऔषध डाइजेल्याप ५ एम्पुल, लुपिजेसिक ५ एम्पुल, एभिल ५ एम्पुल र फेनर्गन ५ एम्पुल बरामद भएकोले मोटरसाईकल सहित उनिहरुलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।