२०७८ श्रावण २१ , बिहिवार

स्कारपियो गाडीको ठक्करबाट घाईते पैदल यात्रीको मृत्यु

सुनाखरी न्युज/ सुनसरी – सुनसरी धरान उपमहानगरपालिका ८ सिद्धकाली चौंक स्थित कोशी राजमार्गमा इटहरीतर्फ आउदै गरेको वा१३च ३०८३ नम्बरको स्कारपियो गाडीले ठक्कर दिई घाईते भएका पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५४ बर्षीय डिक प्रसाद वास्तोला रहेका छन् ।

 

हिजो दिउसो १ बजे स्कारपियोको ठक्करबाट घाईते भएका बास्तोलाको घोपा धरानमा उपचारको क्रममा हिजो राती पौने १२ बजे मृत्यु भएको थियो । स्कारपियो र चालक मोरङ वेलबारी ५ का ३६ बर्षीय बुद्ध शेर्पा ईलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको छ ।