२०७८ श्रावण ११ , सोमवार

बौद्धबाट १४ लाख नगदसहित २८ जुवाडे पक्राउ

card

सुनाखरी न्युज/ काठमाडौं -मंगलबार राति बौद्धबाट २८ जना जुवाडे पक्राउ परेका छन्। काठमाडौं-६ बौद्ध सिमलटारका वाङ्चु शेर्पाको घरबाट प्रहरीले १४ लाख ५९ हजार ९ सय नगदसहित जुवाडे पक्राउ गरेको हो।

जुवा खालबाट प्रहरीले ३० थान कौडा, २१ बुक तास, भारू ११ हजार ४ सयलगायत बरामद गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। जुवा अखडा सञ्चालन गर्ने ४० वर्षीय लालबहादुर विकसहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।