२०७८ श्रावण १० , आइतवार

बढ्यो सुनको मूल्य

gold silver

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ७ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा १३२० कायम गरिएको महासंघले जनाएको छ ।