२०७८ श्रावण १० , आइतवार

प्रदर्शन उग्र बनेपछि पूर्वी चितवनको राजमार्ग क्षेत्रमा कर्फ्यू

Capture

सुनाखरी न्युज/ चितवन – सुजिता भण्डारीको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शन बढ्न थालेपछि स्थानीय प्रशासनले पूर्वी चितवनमा कर्फ्यु लगाएको छ। कर्फ्यु आज साँझ ७ः३० बजेदेखि भोलि बेलुका ७ः३० सम्मका लागि जारी गरिएको छ ।

 

भण्डारीको गृहनगर अन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्गमा स्थानीयले टायर बालेर प्रदर्शन भैरहेपछि जिल्ला प्रशासन कार्यालय चितवनले २४ घण्टाका लागि निश्चित ठाउँ तोकेर कर्फ्यु आदेश जारी गरेको हो । स्थानीय वासिन्दाले पूर्वपश्चिम राजमार्ग दिउँसो ३ बजेदेखि अवरुद्ध गर्दै आएका छन् । अनुसन्धानको माग गर्दै स्थानीयवासिन्दाले अवरुद्ध गरेको राजमार्ग प्रहरीले खुलाउन खोज्दा झडप भएको छ ।

 

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथर पुलदेखि राप्ती–४ डडुवासम्मको राजमार्गको दायाँ बायाँ ५ सय मिटरभित्र पर्ने क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

 

प्रमुख जिल्ला अधिकारी द्वारा जारि कर्फ्यू आदेशा