२०७८ श्रावण १९ , मंगलबार

कोरोना अपडेटः निको हुनेभन्दा संक्रमितको संख्या बढी, मृत्यु हुनेको संख्या १५

Corona Logo

सुनाखरी न्युज/ काठमाडौं-

नेपालमा लगातार दोस्रो दिन कोरोनाभाइरसको संक्रमण निको हुनेको संख्याभन्दा नयाँ संक्रमितको संख्या बढी देखिएको छ । लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमा सोमबारबाट भने नयाँ संक्रमितको संख्याले निको हुनेको संख्यालाई उछिन्न थालेको हो ।

मंगलबार २६३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि हुँदा १५ सय ६५ जना संक्रमणमुक्त बनेका छन् । १२ हजार ५८५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७१८ जना तथा एन्टिनजेनविधिबाट ९१६ जनामा संक्रमण पुष्टि भएको हो ।