२०७८ श्रावण ११ , सोमवार

साउन १ बाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारीमा यातायात व्यवस्था विभाग

5

सुनाखरी न्युज/ काठमाडौँ -आगामी आर्थिक वर्ष २०७८/०७९ को सुरुबाटै सवारी साधानमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने भएको छ । साउन १ बाटै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारीमा यातायात व्यवस्था विभाग छ ।

 

आर्थिक वर्ष २०७८/०७९ को सुरुबाट सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भन्दै करिब ६ महिना अगाडी नै विभागले शुल्क तोकिसकेको छ । विभागले साउनबाट अनिवार्य गर्ने थाहा पाएपछि अहिले नयाँ खरिद भएका सवारीमा इम्बोस्ड नम्बर बाक्लै देखिने गरेको छ । अगामी ५ वर्षभित्र सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्ने लक्ष्य विभागको छ ।

 

इम्बोस्ड नम्बर प्लेटको फाइदा

इम्बोस्ड नम्बर प्लेट अभियान कार्यान्वयन भएपछि नेपाल भित्र हुने सवारीसाधन चोरीका घटना नियन्त्रण हुने विभागको दाबी छ । यस्तो प्लेट एक पटक जडान गरेपछि १० वर्षका लागि ढुक्क हुने भएकाले बीचमा झिक्न वा फेर्न मिल्दैन । ‘पहिलो कुरो त सवारी साधनको चोरीका घटनामा यसले नियन्त्रण गर्छ’ विभागका एक अधिकारी भन्छन्, ‘अर्को भनेको कर नतिरेका सवारी र सवारी धनीको पहिचान एकदमै सजिलै गर्न सकिन्छ ।’

 

इम्बोस्ड नम्बर प्लेटमै रेकर्ड राखिने हुँदा कर नतिरी चलेका सवारी ठाउँको ठाउँ नियन्त्रणमा लिन सकिने दाबी गरिएको छ ।‘इम्बोस्ड नम्बर प्लेटमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन भन्ने नम्बर हुन्छ, यो नम्बरले कुन सवारी, कति नम्बरको सवारी, कहाँ छ, कस्तो अवस्थामा छ भनेर सजिलै पत्ता लगाउन सकिन्छ ।