२०७८ श्रावण ११ , सोमवार

चिनियाँ राष्ट्रपति सी ले प्रधानमन्त्री ओली सहित शिर्ष नेताहरुसँग भर्चुअल छलफल गर्दै

7

सुनाखरी न्युज/ काठमाडौँ – चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चिनियाँ राष्ट्रपति सी जिङपिङले आज प्रधानमन्त्री केपी ओलीसहित नेपालका मुख्य राजनीति दलका शीर्ष नेताहरुसँग भर्चुअल छलफल गर्ने भएका छन् ।

 

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार सो भर्चुअल छलफल आज अपरान्ह हुने छ । छलफलमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु पनि सहभागि हुने जनाइएको छ । चिनियाँ राष्ट्रपति जिङपिङले जुम बैठकमा भारतबाहेकका अन्य दक्षिण एसियाली मुलुकहरुलाई पनि निम्तो दिएका छन् ।

 

सबै नेताहरुलाई बोल्न पाँच मिनेटको समय दिइएको जनाइएको छ । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चीनले पछिल्लो समय छिमेकी तथा मित्रराष्ट्र मुलुकका नेता तथा सरकार प्रमुखसँग छलफल गरिरहेको छ ।