२०७८ श्रावण ११ , सोमवार

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटना परी ३ जनाको मृत्यु

accident

सुनाखरी न्युज/ विराटनगर – झापा, मोरङ र सुनसरीमा भएको सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ । हिजो बेलुका साढे ३ बजे ईटहरी २ आपगाछी स्थित कोशी राजमार्गमा तरहराबाट ईटहरी तर्फ आउदै गरेको को१क ३४४१ नम्बरको दुध बोक्ने गाडीले बाटो काट्दै गरेको स ५ प ७३०६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा गम्भिर घाईते भएका मोटरसाईकल चालक मोरङ सुन्दरहरैचा ५ का २९ बर्षीय नरेश यादबको सोही दिनको बेलुका सँवा ४ बजे धरान घोपामा उपचारको क्रममा मृत्यु भएको छ ।

 

ठक्कर दिने गाडी र चालक बिराटनगर १ बस्ने ४९ बर्षीय रमाकान्त चौधरी ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा रहेको छ । त्यस्तै मोरङको विराटनगर ५ भित्री सडक खण्डमा हिजो बेलुका ७ बजे पश्चिम तर्फ जादै गरेको को ३२ प ८८१० नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका स्कुटी चालक विराटनगर १४ का ४० बर्षीय टिका मेचेको हिजो बेलुका पौने ८ बजे गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

त्यस्तै हिजो बेलुका पौने ७ बजे झापा बुद्धशान्ती गाँउपालिका ४ जोगी डाँडा स्थित मेची रार्जमार्ग सडक खण्डमा दक्षिण तर्फ आउदै गरेको ना३च ४०३३ नम्बरको पिकअप र विपरित दिशा तर्फ जादै गरेको मे.९प ९२०३ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भिर घाईते भएका मोटरसाईकल चालकको उपचारको क्रममा B&C अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो । पिकअप र चालक ईलाम सन्दकपुर १ बस्ने ३६ बर्षीय बिरेन्द्र राई ईलाका प्रहरी कार्यालय बुधबारे झापाको नियन्त्रणमा रहेको छ ।