२०७८ श्रावण २१ , बिहिवार

बढ्यो सुनचाँदीको मूल्य

gold silver

सुनाखरी न्युज/ काठमाडौँ – मंगलबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ र चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो ।

 

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य तोलाको ९१ हजार ८०० रुपैयाँ, तेजावी ९१ हजार ३०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३३० रुपैयाँ कायम गरिएको छ ।

सोमबार छापावाला सुन तोलाको ९१ हजार ५०० रुपैयाँ, तेजावी ९१ हजार रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार स्थीर रहेको सुन आइतबार भने तोलाको २०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेर कारोबार भएको थियो ।